भजनसङ्ग्रह
उकालीको गीत।
१३२ हे यहोवा, दाउदलाई सम्झनुहोस्
र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्;+
२ तिनले कसरी यहोवासामु शपथ खाएका थिए
र याकुबका शक्तिशाली परमेश्वरको सामुन्ने भाकल गरेका थिए:+
३ “म आफ्नो पालभित्र, आफ्नो घरभित्र छिर्नेछैनँ,+
आफ्नो पलङमा, आफ्नो ओछ्यानमा ढल्किनेछैनँ;
४ म आफ्नो आँखामा निद्रा पर्न दिनेछैनँ,
आफ्नो आँखालाई लोलाउन दिनेछैनँ,
५ जबसम्म यहोवाको निम्ति म एउटा ठाउँ,
याकुबका शक्तिशाली परमेश्वरको निम्ति एउटा उत्तम निवासस्थान* भेट्टाउँदिनँ।”+
८ हे यहोवा, उठ्नुहोस् र आफ्नो विश्रामस्थलमा प्रवेश गर्नुहोस्,+
९ तपाईँका पुजारीहरूलाई धार्मिकताको वस्त्र पहिऱ्याइयोस्
अनि तपाईँका वफादार जनहरू खुसीले कराऊन्!
११ यहोवाले दाउदसित शपथ खानुभएको छ;
उहाँले आफ्नो वचन कदापि फिर्ता लिनुहुनेछैन:
“तिम्रा सन्तानमध्ये* एक जनालाई
म तिम्रो सिंहासनमा बसाल्नेछु।+
१२ तिम्रा सन्तानले मेरो करार
र मैले दिएका सम्झौटाहरू पालन गरे भने+
तिनीहरूका सन्तान पनि
सदा तिम्रो सिंहासनमा बस्नेछन्।”+
१३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+
उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्नुभएको छ:+
१४ “यो सदालाई मेरो विश्रामस्थल हुनेछ।
म यहीँ बास गर्नेछु+ किनकि मेरो इच्छा यही हो।
१५ म यस ठाउँलाई प्रशस्त खानेकुरा दिएर आशिष् दिनेछु;
यहाँका गरिबहरूलाई म खानेकुराले सन्तुष्ट पार्नेछु।+
१६ यहाँका पुजारीहरूलाई म उद्धारको वस्त्र पहिऱ्याउनेछु+
अनि यहाँका वफादार मानिसहरूले खुसीको स्वर उचाल्नेछन्।+
१७ म यहाँ दाउदलाई झन्झनै पराक्रमी बनाउनेछु।
मैले आफ्नो अभिषिक्त जनको लागि दियो तयार पारेको छु।+
१८ म उसका शत्रुहरूलाई लाजको वस्त्र पहिऱ्याउनेछु
तर उसको शिरको मुकुटलाई भने शोभायमान बनाउनेछु।”+