भजनसङ्ग्रह
निर्देशकलाई; दाउदले रचेको भजन।
४ तिनले तपाईँसित जीवन मागे र तपाईँले दिनुभयो,+
लामो जीवन, सदासर्वदाको जीवन।
५ तपाईँले दिनुहुने उद्धारले गर्दा तिनको धेरै महिमा हुन्छ।+
तपाईँले तिनलाई गौरव र महिमा दिएर सम्मान गर्नुभएको छ।
६ तपाईँले तिनलाई सदासदा आशिष् दिने निश्चय गर्नुभएको छ;+
तपाईँको उपस्थितिले गर्दा तिनी खुसी भएका छन्।+
७ किनकि राजाले यहोवामा भरोसा गर्छन्;+
सर्वोच्च परमेश्वरको अटल प्रेमको कारण तिनी कहिल्यै डग्नेछैनन्।*+
८ तपाईँको बाहुलीले तपाईँका सबै शत्रुलाई फेला पार्नेछ;
तपाईँको दाहिने बाहुलीले तपाईँलाई घृणा गर्नेहरूलाई फेला पार्नेछ।
९ तपाईँ तिनीहरूलाई नाश गर्न आउनुहुँदा तिनीहरूलाई दनदनी बलेको आगोको भट्टीसरह बनाउनुहुनेछ।
यहोवाले रिसाएर तिनीहरूलाई निल्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ।+
१० तपाईँले पृथ्वीबाट तिनीहरूका शाखासन्तानको नामोनिसान मेटिदिनुहुनेछ
र मानिसजातिबाट तिनीहरूको वंश विनाश गरिदिनुहुनेछ।
११ किनकि तिनीहरूले तपाईँविरुद्ध उठ्ने विचार गरिरहेका छन्;+
तिनीहरूले बनाएको कुटिल योजना सफल हुनेछैन।+
१३ हे यहोवा, उठ्नुहोस् र आफ्नो बल प्रकट गर्नुहोस्।
तपाईँको पराक्रमको हामी स्तुति गाउनेछौँ।*