आफ्नो छोरा अब्सालोमदेखि भागेको बेला दाउदले रचेको भजन।+
३ हे यहोवा, मेरा शत्रु किन यत्ति धेरै छन्?+
मविरुद्ध किन यत्ति धेरै मानिस छन्?+
२ मेरो बारेमा धेरै जना भन्छन्:
“परमेश्वरले त्यसको उद्धार गर्नुहुन्न।”+ (सेला)
३ तर हे यहोवा, तपाईँले चारैतिरबाट ढालले जस्तै मेरो रक्षा गर्नुभएको छ,+
मेरो शिर ठाडो पारिदिने+ र मेरो गौरव+ तपाईँ नै हुनुहुन्छ।
४ यहोवालाई म ठूलो स्वरले पुकार्नेछु
अनि उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट जवाफ दिनुहुनेछ।+ (सेला)
५ म पल्टनेछु र निदाउनेछु
अनि म सकुशल ब्युँझनेछु
किनकि यहोवाले मलाई सधैँ साथ दिनुहुन्छ।+
६ मविरुद्ध खडा हुने र मलाई घेर्ने
हजारौँ मानिससित पनि म डराउनेछैनँ।+
७ हे यहोवा, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!+
तपाईँले मेरा शत्रुहरू सबैको बङ्गारा फुस्काइदिनुहुनेछ
र दुष्टको दाँत झारिदिनुहुनेछ।+
८ उद्धार यहोवाबाटै आउँछ।+
तपाईँ आफ्ना मानिसहरूलाई आशिष् दिनुहुन्छ। (सेला)