१५ साँचो परमेश्वरको सेवकका चाकर बिहान सबेरै उठेर बाहिर निस्कँदा उनले घोडाहरू र रथहरूसहित आएको सेनाले सहरलाई घेरेको देखे। यो देख्नेबित्तिकै उनले भने: “मालिक! मालिक! अब हामी के गरौँ?” १६ तर एलिसाले भने: “नडराऊ!+ किनकि तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।”+