प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • पुजारीको पोसाक बनाइन्छ (१)

      • एपोद (२-७)

      • छातीपाता (८-२१)

      • बाहुला नभएको अलखा (२२-२६)

      • पुजारीको अरू पोसाक (२७-२९)

      • सुनको पाता (३०, ३१)

      • मोसा वासस्थानको निरीक्षण गर्छन्‌ (३२-४३)

प्रस्थान ३९:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३५:२३
  • +प्रस्थ २८:४, ५; २९:५; ३५:१०, १९

प्रस्थान ३९:२

फुटनोट

  • *

    यो पद र पद ७, ८ र २२ मा प्रयोग गरिएको “तिनले” भन्‍ने शब्दले बजलेललाई जनाएको हुन सक्छ।

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:६-८; लेवी ८:७

प्रस्थान ३९:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:५

प्रस्थान ३९:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:९, १०

प्रस्थान ३९:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:१२

प्रस्थान ३९:८

मार्जिनल रेफरेन्स

  • +लेवी ८:८
  • +प्रस्थ २८:१५-२१

प्रस्थान ३९:९

फुटनोट

  • *

    लगभग २२.२ सेन्टिमिटर (८.७५ इन्च)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

प्रस्थान ३९:१२

फुटनोट

  • *

    एउटा अज्ञात रत्न, जसले तृणमणि, निलो गोमेद, ओपल वा टर्मलिनलाई जनाएको हुन सक्छ।

प्रस्थान ३९:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:२२-२५

प्रस्थान ३९:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:२६-२८

प्रस्थान ३९:२२

फुटनोट

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३१-३५

प्रस्थान ३९:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३९, ४०

प्रस्थान ३९:२८

फुटनोट

  • *

    वा “भित्री वस्त्र।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:४
  • +प्रस्थ २९:८, ९
  • +प्रस्थ २८:४२

प्रस्थान ३९:३०

फुटनोट

  • *

    वा “तिनीहरूले पवित्र मुकुट बनाउन।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३६, ३७; लेवी ८:९

प्रस्थान ३९:३२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:४०; हिब्रू ८:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९५, पृ. १३

प्रस्थान ३९:३३

फुटनोट

  • *

    अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:८, १४
  • +प्रस्थ ३६:१८
  • +प्रस्थ ३६:२०
  • +प्रस्थ ३६:३१
  • +प्रस्थ ३६:२४

प्रस्थान ३९:३४

फुटनोट

  • *

    समुद्रमा पाइने स्तनपायी जीव।

  • *

    वा “करारको सन्दुकअगाडिको।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:१९
  • +प्रस्थ ३६:३५

प्रस्थान ३९:३५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:१, ४
  • +प्रस्थ ३७:६

प्रस्थान ३९:३६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:१०, १६

प्रस्थान ३९:३७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:१७, २३
  • +प्रस्थ २५:३८
  • +प्रस्थ ३५:२७, २८

प्रस्थान ३९:३८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:२५
  • +प्रस्थ ३७:२९
  • +प्रस्थ ३०:३४, ३५
  • +प्रस्थ ३६:३७

प्रस्थान ३९:३९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:१, ४
  • +प्रस्थ ३८:६
  • +प्रस्थ ३८:३०
  • +प्रस्थ ३०:१८; ३८:८

प्रस्थान ३९:४०

फुटनोट

  • *

    अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:९-११
  • +प्रस्थ ३८:१८
  • +प्रस्थ ३८:२०

प्रस्थान ३९:४१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३

प्रस्थान ३९:४२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३५:१०; ३६:१

अरू

प्रस्थ. ३९:१प्रस्थ ३५:२३
प्रस्थ. ३९:१प्रस्थ २८:४, ५; २९:५; ३५:१०, १९
प्रस्थ. ३९:२प्रस्थ २८:६-८; लेवी ८:७
प्रस्थ. ३९:५प्रस्थ २९:५
प्रस्थ. ३९:६प्रस्थ २८:९, १०
प्रस्थ. ३९:७प्रस्थ २८:१२
प्रस्थ. ३९:८लेवी ८:८
प्रस्थ. ३९:८प्रस्थ २८:१५-२१
प्रस्थ. ३९:१५प्रस्थ २८:२२-२५
प्रस्थ. ३९:१९प्रस्थ २८:२६-२८
प्रस्थ. ३९:२२प्रस्थ २८:३१-३५
प्रस्थ. ३९:२७प्रस्थ २८:३९, ४०
प्रस्थ. ३९:२८प्रस्थ २८:४
प्रस्थ. ३९:२८प्रस्थ २९:८, ९
प्रस्थ. ३९:२८प्रस्थ २८:४२
प्रस्थ. ३९:३०प्रस्थ २८:३६, ३७; लेवी ८:९
प्रस्थ. ३९:३२प्रस्थ २५:४०; हिब्रू ८:५
प्रस्थ. ३९:३३प्रस्थ ३६:८, १४
प्रस्थ. ३९:३३प्रस्थ ३६:१८
प्रस्थ. ३९:३३प्रस्थ ३६:२०
प्रस्थ. ३९:३३प्रस्थ ३६:३१
प्रस्थ. ३९:३३प्रस्थ ३६:२४
प्रस्थ. ३९:३४प्रस्थ ३६:१९
प्रस्थ. ३९:३४प्रस्थ ३६:३५
प्रस्थ. ३९:३५प्रस्थ ३७:१, ४
प्रस्थ. ३९:३५प्रस्थ ३७:६
प्रस्थ. ३९:३६प्रस्थ ३७:१०, १६
प्रस्थ. ३९:३७प्रस्थ ३७:१७, २३
प्रस्थ. ३९:३७प्रस्थ २५:३८
प्रस्थ. ३९:३७प्रस्थ ३५:२७, २८
प्रस्थ. ३९:३८प्रस्थ ३७:२५
प्रस्थ. ३९:३८प्रस्थ ३७:२९
प्रस्थ. ३९:३८प्रस्थ ३०:३४, ३५
प्रस्थ. ३९:३८प्रस्थ ३६:३७
प्रस्थ. ३९:३९प्रस्थ ३८:१, ४
प्रस्थ. ३९:३९प्रस्थ ३८:६
प्रस्थ. ३९:३९प्रस्थ ३८:३०
प्रस्थ. ३९:३९प्रस्थ ३०:१८; ३८:८
प्रस्थ. ३९:४०प्रस्थ ३८:९-११
प्रस्थ. ३९:४०प्रस्थ ३८:१८
प्रस्थ. ३९:४०प्रस्थ ३८:२०
प्रस्थ. ३९:४१प्रस्थ २८:३
प्रस्थ. ३९:४२प्रस्थ ३५:१०; ३६:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३९:१-४३

प्रस्थान

३९ तिनीहरूले पवित्र ठाउँमा सेवा गर्नेहरूका लागि निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर+ राम्रा-राम्रा पोसाकहरू बुने। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले हारुनको निम्ति पवित्र पोसाक बनाए।+

२ तिनले* बाटिएको उच्च कोटीको मलमल,* सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर एपोद* बनाए।+ ३ तिनीहरूले सुनलाई घनले पिटेर पातलो पाता बनाए। त्यसपछि तिनले त्यसलाई काटेर मसिनो तार बनाए अनि निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र उच्च कोटीको मलमलसँगै मिलाएर एपोदमा बुट्टा भरे। ४ तिनीहरूले एपोदको काँधका दुवै भागका दुई छेउ गाँसे। ५ एपोदलाई टम्म कसेर बाँध्न तिनीहरूले त्यसमा एउटा पेटी गाँसे।+ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यो पेटी पनि बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो मिसाएर बुने।

६ अनि तिनीहरूले ओनिक्स* रत्नहरू ल्याए र जसरी छाप कुँदिन्छ, त्यसैगरि ती रत्नहरूमा इस्राएलका छोराहरूको नाम कुँदे अनि त्यसलाई सुनका पत्थर-घरहरूमा जडान गरे।+ ७ तिनले ती बहुमूल्य रत्नहरू यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलका छोराहरूको निम्ति सम्झनाको चिन्ह होस्‌ भनेर एपोदको काँधको भागमा लगाए।+ ८ तिनले बुट्टा भर्ने कालिगडलाई छातीपाता बनाउन लगाए।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको थियो।+ ९ यसलाई पट्‌याउँदा वर्गाकार हुन्थ्यो अनि यसको लम्बाइ एक बित्ता* र चौडाइ एक बित्ता हुन्थ्यो। १० तिनीहरूले त्यसमा चार लहर हुनेगरि रत्नहरू जडान गरे। पहिलो लहरमा माणिक, पुष्पराज अनि पन्‍ना राखे। ११ दोस्रो लहरमा फिरोजा, नीलम अनि यशवमणि राखे। १२ तेस्रो लहरमा लेसेम,* अगेट अनि कलेजी स्फटिक राखे। १३ चौथो लहरमा क्रिसोलाइट, ओनिक्स अनि हरितमणि राखे। तिनीहरूले यी रत्नहरूलाई सुनका पत्थर-घरहरूमा जडान गरे। १४ यी रत्नहरूमा इस्राएलका १२ वटा कुललाई चिनाउने १२ छोराको नाम कुँदिएको थियो। प्रत्येक रत्नमा एक-एक जना छोराको नाम छापजस्तै कुँदिएको थियो।

१५ त्यसपछि तिनीहरूले छातीपाताको किनारामा घेरा बनाउन डोरीजस्तो बाटेको निखुर सुनको सिक्री बनाए।+ १६ अनि तिनीहरूले छातीपाताको लागि सुनको दुई वटा मुन्द्रा बनाए। अनि त्यसलाई छातीपाताको माथिल्लो दुई कुनामा लगाए। १७ त्यसपछि तिनीहरूले सुनका दुई वटा सिक्रीलाई छातीपाताको छेउमा भएका दुई वटा मुन्द्रामा जडान गरे। १८ अनि तिनीहरूले ती दुवै सिक्रीको अर्को छेउचाहिँ एपोदको दुवै काँधमा भएको पत्थर-घरको अघिल्तिर जोडे। १९ त्यसपछि तिनीहरूले सुनको दुई वटा मुन्द्रा बनाए अनि त्यसलाई छातीपाताको तल्लो दुई छेउको भित्रपट्टि अर्थात्‌ एपोदतिर फर्कनेगरि लगाए।+ २० तिनीहरूले सुनको अर्को दुई वटा मुन्द्रा बनाए र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात्‌ काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाए, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्थ्यो। २१ छातीपाता एपोदको पेटीभन्दा तल सर्न नपाओस्‌ भनेर तिनीहरूले छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कसे। तिनीहरूले यी सबै कुरा यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम गरे।

२२ अनि तिनले तान बुन्‍ने कालिगडलाई निलो धागो मात्र प्रयोग गरेर एपोदभित्र लगाउने बाहुला नभएको अलखा* बुन्‍न लगाए।+ २३ अलखामा टाउको छिराउने गला थियो। त्यो गला नफाटोस्‌ भनेर त्यसको वरिपरिको किनारा छालाको कवचको घेराजस्तै बलियोगरि बुनिएको थियो। २४ अनि तिनीहरूले अलखाको फेरमा निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो बाटेर अनार आकारका फुर्काहरू बनाए। २५ तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए र अलखाको फेरमा फुर्काहरूको बीच-बीचमा सुनका घण्टीहरू राखे। २६ तिनीहरूले एउटा सुनको घण्टी र अनार आकारको एउटा फुर्का अनि फेरि त्यस्तै सुनको घण्टी र अनार आकारको फुर्का पालैपालो राखेर अलखाको पूरै फेर भरे। वासस्थानमा सेवा चढाउन जाँदा लगाउनुपर्ने यो अलखा तिनीहरूले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम बनाए।

२७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+ २८ तिनीहरूले उच्च कोटीको मलमलको फेटा+ र शिरपोस+ अनि बाटिएको उच्च कोटीको छोटो सुरुवाल*+ बनाए। २९ अनि तिनीहरूले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो बुनेर पटुका बनाए। तिनीहरूले यी सबै थोक यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम बनाए।

३० अन्तमा तिनीहरूले समर्पणको पवित्र चिन्ह बनाउन* निखुर सुनको एउटा चम्किलो पाता लिए र त्यसमा यी शब्दहरू कुँदे: “यहोवा पवित्र हुनुहुन्छ।”+ ३१ अनि यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले फेटामा बाँध्न त्यस पातामा निलो डोरी राखे।

३२ तिनीहरूले वासस्थान* अर्थात्‌ भेट हुने पालको* सम्पूर्ण काम पूरा गरे; यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले सबै काम गरे।+ तिनीहरूलाई जसो भनिएको थियो, त्यसै गरे।

३३ अनि तिनीहरूले वासस्थान र यी सबै सरसामान मोसाकहाँ ल्याए:+ खीप,+ चौकोस,+ डन्डी,+ खामा र त्यसको चूलघर;*+ ३४ रातो रङ्‌गले रङ्‌गाएको भेडाको छालाको पाल,+ सिलको* छालाको पाल, सन्दुकअगाडिको* पर्दा;+ ३५ साक्षीपाटी* राखिएको सन्दुक र त्यसका डन्डीहरू+ अनि त्यसको ढकनी;+ ३६ टेबुल, त्यसका सबै सरसामान+ अनि भेटीको रोटी;* ३७ निखुर सुनको पानस, त्यसका दियोहरू+ र पानसका अरू सबै सरसामान+ अनि दियो बाल्ने तेल;+ ३८ सुनको वेदी,+ अभिषेक गर्ने तेल,+ सुगन्धित धूप,+ वासस्थानको प्रवेशद्वारको पर्दा;+ ३९ तामाको वेदी+ र तामाको जाली, डन्डी,+ वेदीका सबै सरसामान,+ ठूलो बाटा र त्यसको चारखुट्टे टेको;+ ४० चोकको पाल, त्यसको खामा र चूलघर,*+ चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ चोकको पाल अड्‌काउने डोरी र किला+ अनि वासस्थान अर्थात्‌ भेट हुने पालका सबै सरसामान; ४१ पवित्र स्थानमा* सेवा गर्नेहरूका लागि राम्ररी बुनिएका पोसाक, पुजारी हारुनको लागि पवित्र पोसाक+ अनि तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक।

४२ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले सबै काम पूरा गरे।+ ४३ मोसाले तिनीहरूको सबै काम निरीक्षण गर्दा यहोवा परमेश्‍वरले आज्ञा गरेबमोजिमै गरेको देखे अनि मोसाले तिनीहरूलाई आशिष्‌ दिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने