गन्ती
२ यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: २ “तीन-तीन कुलको दलअनुसार+ प्रत्येक इस्राएलीले आफ्नो कुललाई खटाइएको ठाउँमा, आफ्नो बुबापट्टिको घरानाको झन्डानजिकै* पाल टाँगून्। तिनीहरूले आ-आफ्नो पाल भेट हुने पालतर्फ* फर्काएर त्यसको चारैतिर टाँगून्।
३ “पूर्वतर्फ अर्थात् सूर्योदयको दिशातर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व यहुदाको कुलले लिनेछ। यहुदाको कुलका कुलनायक अम्मिनादाबका छोरा नहसोन हुन्।+ ४ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ७४ हजार ६ सय थियो।+ ५ यहुदाको कुलको एकातिर इस्साकारको कुलले पाल टाँगोस्; इस्साकारको कुलका कुलनायक जुआरका छोरा नेथनेल हुन्।+ ६ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५४ हजार ४ सय थियो।+ ७ यहुदाको कुलको अर्कोतिर जबुलुनको कुलले पाल टाँगोस्; जबुलुनको कुलका कुलनायक हेलोनका छोरा एलिआब हुन्।+ ८ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५७ हजार ४ सय थियो।+
९ “यहुदाको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ८६ हजार जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यही दलले सबैभन्दा पहिला यात्रा थालोस्।+
१० “दक्षिणतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व रुबेनको कुलले लिनेछ।+ रुबेनको कुलका कुलनायक सेदेउरका छोरा एलिसुर हुन्।+ ११ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४६ हजार ५ सय थियो।+ १२ रुबेनको कुलको एकातिर सिमियोनको कुलले पाल टाँगोस्; सिमियोनको कुलका कुलनायक जुरिसद्दैका छोरा सेलुमिएल हुन्।+ १३ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५९ हजार ३ सय थियो।+ १४ रुबेनको कुलको अर्कोतिर गादको कुलले पाल टाँगोस्; गादको कुलका कुलनायक रुएलको छोरा एलियासाप हुन्।+ १५ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४५ हजार ६ सय ५० थियो।+
१६ “रुबेनको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ५१ हजार ४ सय ५० जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यस दलले दोस्रो स्थानमा यात्रा थालोस्।+
१७ “भेट हुने पाल अर्को ठाउँमा सार्दा+ लेवीहरूका पालहरू अरू दलहरूका पालहरूको बीचमा होस्।
“तिनीहरूले तीन-तीन कुलको दलअनुसार तोकिएको ठाउँमा जुन क्रमअनुसार पाल टाँग्छन्, अर्को ठाउँमा सर्दा पनि त्यही क्रमअनुसार यात्रा गरून्।+
१८ “पश्चिमतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व एप्रैमको कुलले लिनेछ। एप्रैमको कुलका कुलनायक अम्मिहुदका छोरा एलिसामा हुन्।+ १९ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४० हजार ५ सय थियो।+ २० एप्रैमको कुलको एकातिर मनस्सेको कुलले+ पाल टाँगोस्; मनस्सेको कुलका कुलनायक पदाजुरका छोरा गमलिएल हुन्।+ २१ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३२ हजार २ सय थियो।+ २२ एप्रैमको कुलको अर्कोतिर बिन्यामिनको कुलले पाल टाँगोस्; बिन्यामिनको कुलका कुलनायक गिदोनिका छोरा अबिदान हुन्।+ २३ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३५ हजार ४ सय थियो।+
२४ “एप्रैमको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ८ हजार १ सय जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यस दलले तेस्रो स्थानमा यात्रा थालोस्।+
२५ “उत्तरतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व दानको कुलले लिनेछ। दानको कुलका कुलनायक अम्मिसद्दैका छोरा अहिएजेर हुन्।+ २६ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ६२ हजार ७ सय थियो।+ २७ दानको कुलको एकातिर असेरको कुलले पाल टाँगोस्; असेरको कुलका कुलनायक ओक्रानका छोरा पागिएल हुन्।+ २८ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४१ हजार ५ सय थियो।+ २९ दानको कुलको अर्कोतिर नप्तालिको कुलले पाल टाँगोस्; नप्तालिको कुलका कुलनायक एनानका छोरा अहिरा हुन्।+ ३० तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५३ हजार ४ सय थियो।+
३१ “दानको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ५७ हजार ६ सय जनाको नाम दर्ता गरिएको थियो। तीन-तीन कुलका दलहरूमध्ये यस दलले अन्तमा यात्रा थालोस्।”+
३२ आफ्नो बुबापट्टिको घरानाअनुसार नाम दर्ता गरिएका इस्राएलीहरू यी नै हुन्। इस्राएलीहरूको फौजमा नाम दर्ता गरिएकाहरूको जम्मा सङ्ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+ ३३ यहोवा परमेश्वरले मोसालाई भन्नुभएबमोजिमै लेवीहरूको नाम अरू इस्राएलीहरूसँग+ दर्ता गरिएन।+ ३४ यहोवा परमेश्वरले मोसालाई जे-जे आज्ञा दिनुभएको थियो, इस्राएलीहरूले ती सबै गरे। तिनीहरू आ-आफ्नो वंश र बुबापट्टिको घरानाअनुसार तीन-तीन कुलको दल+ मिलाएर पाल टाँग्ने र यात्रा थाल्ने गर्थे।+