गन्ती
७ मोसाले जुन दिन वासस्थान* स्थापना गरेर सिद्ध्याए,+ त्यही दिन तिनले त्यसलाई अभिषेक गरे+ र चोख्याए। तिनले त्यहाँका सबै सरसामान, वेदी र त्यसमा प्रयोग हुने सबै सरसामान पनि अभिषेक गरे र चोख्याए।+ तिनले यी सबैलाई अभिषेक गरेर चोख्याएपछि+ २ बुबापट्टिको घरानाअनुसार इस्राएलीहरूका कुलनायकहरूले+ भेटी चढाए। यी कुलनायकहरूको निगरानीमा नाम दर्ता गर्ने काम भएको थियो। ३ तिनीहरूले यहोवा परमेश्वरको सामुन्ने छत भएको छ वटा गाडा र १२ वटा बहर ल्याए; दुई जना कुलनायकको तर्फबाट एउटा गाडा र एक जनाको तर्फबाट एउटा बहर। अनि तिनीहरूले ती भेटी वासस्थानसामु ल्याए। ४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ५ “तिनीहरूले ल्याएको भेटी स्विकार किनभने ती कुराहरू भेट हुने पालमा* चढाइने सेवाको निम्ति प्रयोग हुनेछन्। अनि तिमीले यी चिजहरू लेवीहरूलाई तिनीहरूको कामको आवश्यकताअनुसार बाँडिदिनू।”
६ त्यसैले मोसाले गाडाहरू र बहरहरू लिएर लेवीहरूलाई दिए। ७ तिनले गेर्सोनका सन्तानलाई तिनीहरूको कामको+ आवश्यकताअनुसार दुई वटा गाडा र चार वटा बहर दिए ८ अनि तिनले मरारिका सन्तानलाई तिनीहरूको कामको आवश्यकताअनुसार चार वटा गाडा र आठ वटा बहर दिए। मोसाले यी सबै चिज पुजारी हारुनका छोरा इथामारको निगरानीमा सुम्पे।+ ९ तर तिनले कोहातका सन्तानलाई केही पनि दिएनन् किनभने तिनीहरूलाई पवित्र ठाउँमा सेवा गर्न खटाइएको थियो+ र तिनीहरूले पवित्र सरसामान आफ्नो काँधमा बोक्थे।+
१० वेदीलाई अभिषेक गरेर समर्पण* गरिएको+ दिनमै कुलनायकहरूले आ-आफ्नो भेटी ल्याए। जब कुलनायकहरूले आफ्नो भेटी वेदीको सामुन्ने ल्याए, ११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
१२ पहिलो दिन अम्मिनादाबका छोरा नहसोनले+ भेटी चढाए, जो यहुदाको कुलका थिए। १३ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार*+ १३० शेकेल* तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ १४ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; १५ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ १६ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ १७ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। अम्मिनादाबका+ छोरा नहसोनले चढाएको भेटी यही थियो।
१८ दोस्रो दिन जुआरका छोरा नेथनेलले+ भेटी चढाए, जो इस्साकारको कुलका कुलनायक थिए। १९ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ २० दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; २१ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ २२ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ २३ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। जुआरको छोरा नेथनेलले चढाएको भेटी यही थियो।
२४ तेस्रो दिन हेलोनका छोरा एलिआब,+ जो जबुलुनको कुलका कुलनायक थिए, २५ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ २६ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; २७ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ २८ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ २९ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। हेलोनका छोरा एलिआबले+ चढाएको भेटी यही थियो।
३० चौथो दिन सेदेउरका छोरा एलिसुर,+ जो रुबेनको कुलका कुलनायक थिए, ३१ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ३२ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ३३ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ३४ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ ३५ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। सेदेउरका छोरा एलिसुरले+ चढाएको भेटी यही थियो।
३६ पाँचौँ दिन जुरिसद्दैका छोरा सेलुमिएल,+ जो सिमियोनको कुलका कुलनायक थिए, ३७ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ३८ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ३९ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ४० पापभेटीको लागि बाख्राको एउटा पाठो;+ ४१ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। जुरिसद्दैका छोरा सेलुमिएलले+ चढाएको भेटी यही थियो।
४२ छैटौँ दिन दुएलका छोरा एलियासाप,+ जो गादको कुलका कुलनायक थिए, ४३ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ४४ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ४५ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ४६ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ४७ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। दुएलका छोरा एलियासापले+ चढाएको भेटी यही थियो।
४८ सातौँ दिन अम्मिहुदका छोरा एलिसामा,+ जो एप्रैमको कुलका कुलनायक थिए, ४९ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ५० दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ५१ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ५२ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ५३ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। अम्मिहुदको छोरा एलिसामाले+ चढाएको भेटी यही थियो।
५४ आठौँ दिन पदाजुरको छोरा गमलिएल,+ जो मनस्सेको कुलका कुलनायक थिए, ५५ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ५६ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ५७ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ५८ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ५९ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। पदाजुरका छोरा गमलिएलले+ चढाएको भेटी यही थियो।
६० नवौँ दिन गिदोनिका छोरा अबिदान,+ जो बिन्यामिनको कुलका कुलनायक थिए,+ ६१ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ६२ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ६३ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो+ ६४ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ ६५ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। गिदोनिका छोरा अबिदानले+ चढाएको भेटी यही थियो।
६६ दसौँ दिन अम्मिसद्दैका छोरा अहिएजेर,+ जो दानको कुलका कुलनायक थिए, ६७ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ६८ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ६९ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ७० पापभेटीको लागि बाख्राको एउटा पाठो+ ७१ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। अम्मिसद्दैका छोरा अहिएजेरले+ चढाएको भेटी यही थियो।
७२ एघारौँ दिन ओक्रानका छोरा पागिएल,+ जो असेरको कुलका कुलनायक थिए, ७३ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ७४ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ७५ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ७६ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ७७ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। ओक्रानका छोरा पागिएलले+ चढाएको भेटी यही थियो।
७८ बाह्रौँ दिन एनानका छोरा अहिरा,+ जो नप्तालिको कुलका कुलनायक थिए, ७९ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ८० दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ८१ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ८२ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ८३ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। एनानका छोरा अहिराले+ चढाएको भेटी यही थियो।
८४ वेदीलाई अभिषेक गरेर समर्पण गरिएको दिन इस्राएलीहरूका कुलनायकहरूले यी भेटीहरू चढाए:+ चाँदीको १२ वटा थाल, चाँदीको १२ वटा प्याला, सुनको १२ वटा कचौरा।+ ८५ प्रत्येक चाँदीको थालको तौल १३० शेकेल र प्रत्येक चाँदीको प्यालाको तौल ७० शेकेल थियो। पवित्र ठाउँको शेकेलअनुसार+ चाँदीका सबै भाँडाकुँडाको जम्मा तौल २ हजार ४ सय शेकेल थियो; ८६ धूप भरिएको सुनको १२ वटा कचौरा, प्रत्येक कचौराको तौल पवित्र ठाउँको शेकेलअनुसार १० शेकेल थियो र सुनका यी कचौराहरूको जम्मा तौल १२० शेकेल थियो; ८७ अग्निभेटीको लागि १२ वटा बहर, १२ वटा थुमा, भेडाको १२ वटा एक वर्षे पाठा र त्यसको साथमा अन्नभेटी; पापभेटीको लागि बाख्राको १२ वटा पाठा ८८ अनि मेलबलिको लागि २४ वटा बहर, ६० वटा थुमा, ६० वटा बाख्रा र भेडाको ६० वटा एक वर्षे पाठा। वेदीलाई अभिषेक गरेपछि+ समर्पण गर्न चढाइएका भेटीहरू यी नै थिए।+
८९ मोसा परमेश्वरसित कुरा गर्न भेट हुने पालभित्र जाँदा तिनले साक्षीपाटी* राखिएको सन्दुकको* ढकनीमाथिबाट आवाज आएको सुन्थे;+ ढकनीमा भएका दुई वटा करूबको*+ बीचबाट परमेश्वर तिनीसित कुरा गर्नुहुन्थ्यो।+