प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • हत्यारा थाह नभएमा (१-९)

      • बन्दी बनाएर ल्याइएकी केटीसित विवाह गर्नेबारे (१०-१४)

      • पहिलो सन्तानको हक (१५-१७)

      • अट्टेरी छोरा (१८-२१)

      • खम्बामा झुन्ड्‌याइएको व्यक्‍ति श्रापित हुन्छ (२२, २३)

व्यवस्था २१:२

मार्जिनल रेफरेन्स

  • +व्य १६:१८

व्यवस्था २१:३

फुटनोट

  • *

    साँढे नलगाइएको गाई।

व्यवस्था २१:४

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ३५:३३

व्यवस्था २१:५

मार्जिनल रेफरेन्स

  • +गन ६:२३-२७; १इ २३:१३
  • +प्रस्थ २८:१
  • +व्य १७:८, ९

व्यवस्था २१:६

मार्जिनल रेफरेन्स

  • +भज २६:६; मत्ति २७:२४

व्यवस्था २१:८

मार्जिनल रेफरेन्स

  • +२स ७:२३
  • +यसै २६:२१; यर्मि २६:१५

व्यवस्था २१:१०

मार्जिनल रेफरेन्स

  • +गन ३१:९; व्य २०:१३, १४

व्यवस्था २१:१३

मार्जिनल रेफरेन्स

  • +गन २०:२९; व्य ३४:८

व्यवस्था २१:१४

मार्जिनल रेफरेन्स

  • +व्य २४:१

व्यवस्था २१:१५

फुटनोट

  • *

    शा., “एउटीलाई माया गर्छ र अर्कीलाई घृणा गर्छ।”

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३०, ३३

व्यवस्था २१:१७

मार्जिनल रेफरेन्स

  • +उत्प २५:३१; २इ २१:३

व्यवस्था २१:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१२; व्य २७:१६; हित १:८; एफि ६:१
  • +व्य ८:५; हित १३:२४; १९:१८; २३:१३; हिब्रू १२:९

व्यवस्था २१:२०

मार्जिनल रेफरेन्स

  • +हित २८:७; रोमी १३:१३; १कोरि. ६:१०; एफि ५:१८

व्यवस्था २१:२१

मार्जिनल रेफरेन्स

  • +व्य १३:१०, ११

व्यवस्था २१:२२

मार्जिनल रेफरेन्स

  • +गन २५:५
  • +यहो १०:२६; प्रे १०:३९

व्यवस्था २१:२३

मार्जिनल रेफरेन्स

  • +यहो ८:२९; युह १९:३१
  • +गला ३:१३
  • +गन ३५:३४

अरू

व्यव. २१:२व्य १६:१८
व्यव. २१:४गन ३५:३३
व्यव. २१:५गन ६:२३-२७; १इ २३:१३
व्यव. २१:५प्रस्थ २८:१
व्यव. २१:५व्य १७:८, ९
व्यव. २१:६भज २६:६; मत्ति २७:२४
व्यव. २१:८२स ७:२३
व्यव. २१:८यसै २६:२१; यर्मि २६:१५
व्यव. २१:१०गन ३१:९; व्य २०:१३, १४
व्यव. २१:१३गन २०:२९; व्य ३४:८
व्यव. २१:१४व्य २४:१
व्यव. २१:१५उत्प २९:३०, ३३
व्यव. २१:१७उत्प २५:३१; २इ २१:३
व्यव. २१:१८प्रस्थ २०:१२; व्य २७:१६; हित १:८; एफि ६:१
व्यव. २१:१८व्य ८:५; हित १३:२४; १९:१८; २३:१३; हिब्रू १२:९
व्यव. २१:२०हित २८:७; रोमी १३:१३; १कोरि. ६:१०; एफि ५:१८
व्यव. २१:२१व्य १३:१०, ११
व्यव. २१:२२गन २५:५
व्यव. २१:२२यहो १०:२६; प्रे १०:३९
व्यव. २१:२३यहो ८:२९; युह १९:३१
व्यव. २१:२३गला ३:१३
व्यव. २१:२३गन ३५:३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २१:१-२३

व्यवस्था

२१ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशको कुनै ठाउँमा एउटा लास भेटियो र कसले मारेको हो भनेर थाह भएन भने २ तिमीहरूका नाइकेहरू र न्यायकर्ताहरू+ त्यो लास भेटिएको ठाउँमा जाऊन्‌ र तिनीहरूले त्यस ठाउँदेखि नजिकैका सहरहरूसम्मको दूरी नापून्‌। ३ त्यसपछि सबैभन्दा नजिक पर्ने सहरका नाइकेहरूले गाईवस्तुको बगालबाट एउटा कोरली* लेऊन्‌। त्यसलाई काममा लगाइएको हुनु हुँदैन र त्यसको काँधमा जुवा हालिएको हुनु हुँदैन। ४ त्यस सहरका नाइकेहरूले त्यसलाई पानी बगिरहेको र कुनै खेतीपाती नगरिएको बेँसीमा* लैजाऊन्‌ र त्यसको घाँटीमा हानेर मारून्‌।+

५ “तब लेवी पुजारीहरू त्यहाँ आऊन्‌ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई उहाँको सेवा गर्न अनि यहोवा परमेश्‍वरको नाममा आशिष्‌ दिन+ नियुक्‍त गर्नुभएको हो।+ हत्याहिंसा मुछिएको हरप्रकारको मामिला कसरी सुल्झाउने हो, त्यसको फैसला पनि तिनीहरूले नै गरून्‌।+ ६ त्यो लास भएको ठाउँबाट सबैभन्दा नजिकको सहरका सबै नाइकेले बेँसीमा लगेर मारिएको त्यस कोरलीमाथि आफ्नो हात धोऊन्‌।+ ७ अनि तिनीहरूले भनून्‌, ‘यो हत्या हाम्रो हातबाट भएको होइन र हत्या भएको हामीले देखेका पनि छैनौँ। ८ त्यसैले हे यहोवा, तपाईँले छुटाएर ल्याउनुभएको तपाईँका जन इस्राएलीहरूलाई यसको दोष नलागोस्‌।+ यस निर्दोष मानिसको हत्याको दोष तपाईँका जन इस्राएलीहरूबाट मेटाइदिनुहोस्‌।’+ अनि तिमीहरूलाई त्यस व्यक्‍तिको रगतको दोष लाग्नेछैन। ९ यसरी तिमीहरूले त्यस निर्दोष व्यक्‍तिको रगतको दोष आफ्नो माझबाट हटाउनेछौ किनभने तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा जे ठीक छ, त्यही गरेका हुनेछौ।

१० “यदि तिमीहरू आफ्ना शत्रुहरूसित लडाइँ गर्न गयौ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई विजयी बनाउनुभयो र शत्रुहरूलाई तिमीहरूले बन्दी बनायौ+ ११ अनि ती बन्दीहरूमध्ये एउटी राम्री केटी देख्यौ र उसलाई मन पराएर आफ्नी पत्नी बनाउन चाह्‍यौ भने १२ उसलाई आफ्नो घरमा ल्याउन सक्छौ। त्यसपछि त्यस केटीले आफ्नो कपाल खौरोस्‌ र नङ काटोस्‌। १३ उसले आफू बन्दी भएर आउँदा लगाएको लुगा फेरोस्‌ र तिम्रै घरमा बसोस्‌। उसले आफ्ना आमाबुबाको लागि एक महिनासम्म शोक मनाओस्‌।+ त्यसपछि तिमीले उसलाई आफ्नी पत्नी बनाउन सक्छौ र ऊसित यौनसम्बन्ध राख्न सक्छौ। १४ तर पछि तिमीलाई ऊ मन परेन भने उसलाई जान देऊ;+ ऊ जहाँ जान चाहन्छे, त्यहीँ जान देऊ। उसलाई नबेच्नू वा ऊसित कठोर व्यवहार नगर्नू किनभने तिमीले उसलाई जबरजस्ती आफ्नी पत्नी बनायौ।

१५ “मानौँ, कसैका दुइटी पत्नी छन्‌ अनि उसले एउटीलाई धेरै माया गर्छ र अर्कीलाई थोरै।* अनि दुवैबाट एक-एक जना छोरा भए तर उसले थोरै माया गर्ने पत्नीबाट पहिलो सन्तान जन्मियो।+ १६ उसले अंशबण्डा गर्ने बेला आफूले थोरै माया गर्ने पत्नीबाट जन्मिएको पहिलो सन्तानलाई पाखा लगाएर आफूले धेरै माया गर्ने पत्नीबाट जन्मिएको छोरालाई पहिलो सन्तानको हक दिन पाउनेछैन। १७ आफूले थोरै माया गर्ने पत्नीबाट जन्मिएको छोरालाई अर्थात्‌ आफ्नो पहिलो सन्तानलाई उसले आफ्नो धनसम्पत्तिको दुई भाग दिनुपर्छ किनभने त्यो छोरा नै उसको प्रजनन शक्‍तिको पहिलो फल हो; पहिलो सन्तानको हक त्यही छोराले पाउनुपर्छ।+

१८ “मानौँ, कुनै व्यक्‍तिको छोरा अटेरी र विद्रोही छ अनि ऊ आफ्ना आमाबुबाले भनेको कुरा सुन्दैन।+ अनि आमाबुबाले उसलाई सुधार्न अनेक प्रयास गर्दा पनि केही सीप लागेन भने+ १९ उसका आमाबुबाले उसलाई समातेर सहरको मूलढोकामा नाइकेहरूसामु ल्याऊन्‌। २० तिनीहरूले सहरका नाइकेहरूलाई भनून्‌, ‘यो हाम्रो छोरा साह्रै अटेरी र विद्रोही छ, यसले हाम्रो कुरा मान्दै मान्दैन; यो घिचुवा र पियक्कड हो।’+ २१ तब त्यस सहरका सबै पुरुषले उसलाई ढुङ्‌गाले हानेर मारून्‌। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ। तब यो कुरा सुनेर सारा इस्राएलीहरू डराउनेछन्‌।+

२२ “कुनै मानिसले मृत्युदण्ड पाउन योग्यको पाप गऱ्‍यो+ र तिमीहरूले उसलाई मारेर खम्बामा झुन्ड्‌यायौ भने+ २३ त्यो लास रातभरि खम्बामा नछोड्‌नू।+ तिमीहरूले त्यो लास त्यही दिन गाड्‌नू किनभने जो खम्बामा झुन्ड्‌याइन्छ, ऊ परमेश्‍वरबाट श्रापित हो।+ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध नपार्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने