-
प्रस्थान १:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसैले मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे र तिनीहरूलाई काममा दलाउनसम्म दलाए।+ १४ इँटा र इँटाको लागि चाहिने माटोको मसला बनाउन अनि खेतमा गरिने सबै किसिमका काम गर्न लगाएर उनीहरूले इस्राएलीहरूको जीवनै खल्लो बनाइदिए। हो, गाह्रो-गाह्रो काम गर्न लगाएर मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे।+
-
-
प्रेषित ७:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ साथै परमेश्वरले तिनका सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ र तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन् अनि तिनका सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ*+ भनेर तिनलाई बताउनुभयो। ७ परमेश्वरले यसो पनि भन्नुभयो: ‘अनि जुन जातिको तिनीहरू दास बन्नेछन्, त्यस जातिलाई म दण्ड दिनेछु+ र यी सब भएपछि तिनीहरू त्यहाँबाट निस्केर आउनेछन् र यस ठाउँमा मलाई पवित्र सेवा चढाउनेछन्।’+
-