१६ “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।+
१७ विश्वासैले गर्दा अब्राहामले आफ्नो परीक्षा हुँदा+ इसहाकलाई झन्डै बलि चढाइसकेका थिए—प्रतिज्ञाहरू खुसीसाथ स्विकारेका यी मानिस आफ्नो एक मात्र छोरालाई बलि चढाउन ठिक्क परेका थिए+—