-
उत्पत्ति ४९:२९-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसपछि तिनले छोराहरूलाई यस्तो आदेश दिए: “अब म मेरा पितापुर्खाजस्तै माटोमा मिल्ने बेला भइसक्यो।+ तिमीहरूले मेरो लासलाई मेरा पुर्खाहरूको चिहान हित्ती एप्रोनको खेतमा भएको ओडारमा लगेर गाड्नू,+ ३० जुन मम्रेनजिकैको मक्पेलामा छ। तिमीहरूका जिजुबाजे अब्राहामले चिहान बनाउन हित्ती एप्रोनबाट त्यो जमिन किनेका थिए। ३१ त्यहीँ नै तिमीहरूका जिजुबाजे अब्राहाम र जिजुबज्यै सारालाई गाडिएको थियो।+ त्यहीँ नै तिमीहरूका बाजे इसहाक+ र बज्यै रिबेकालाई गाडिएको थियो। अनि त्यहीँ मैले तिमीहरूकी आमा लेआलाई पनि गाडेँ। ३२ त्यो खेत र त्यहाँको ओडार हित्तीहरूसित किनिएको थियो।”+
३३ यसरी याकुबले आफ्ना छोराहरूलाई यी सबै कुरा अह्राएपछि ओछ्यानमा आफ्नो गोडा पसारे र अन्तिम सास फेरे। यसरी तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+
-
-
उत्पत्ति ५०:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ इस्राएलका छोराहरूले तिनको लासलाई कनानमा लगे अनि मम्रेनजिकैको मक्पेलाको खेतमा भएको ओडारमा गाडे। यो खेत अब्राहामले चिहान बनाउन हित्ती एप्रोनसँग किनेका थिए।+ १४ बुबाको लास गाडेपछि युसुफ आफ्ना दाजुभाइसित र तिनीसँगै गएका अरू मानिसहरूसित मिश्र फर्के।
-