प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:३९, ४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ तब पुजारी एलियाजारले आगोले भस्म भएका पुरुषहरूले चढाएका तामाका धुपौराहरू लिए र त्यसलाई पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाए। ४० यहोवा परमेश्‍वरले मोसामार्फत तिनलाई जे भन्‍नुभएको थियो, तिनले त्यसै गरे। हारुनको सन्तानबाहेक अरू कसैले* यहोवा परमेश्‍वरसामु धूप बाल्नु हुँदैन+ अनि कोही पनि कोरह र तिनका समर्थकहरूजस्तो हुनु हुँदैन+ भनेर इस्राएलीहरूका लागि यो चेतावनी थियो।

  • १ समुएल २:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तब परमेश्‍वरले पठाउनुभएका एक जना मानिस एलिकहाँ आए र तिनले एलिलाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिम्रो पुर्खाको घरानाले मिश्रमा* फारोको* घरानाको दास भएर जीवन बिताइरहेको बेला के मैले आफैलाई तिम्रो पुर्खासामु प्रकट गरेको थिइनँ र?+ २८ अनि मेरो निम्ति पुजारीको रूपमा सेवा गर्न, वेदीमा+ गएर बलिहरू चढाउन, धूप बाल्न* अनि एपोद लगाएर मेरो सामने हाजिर हुन मैले इस्राएलीहरूका कुलहरूमध्येबाट+ तिम्रै पुर्खालाई छानेको थिएँ। अनि इस्राएलीहरूले आगोमा चढाउने भेटीहरूबाट तिम्रो पुर्खाको घरानाको लागि केही भाग छुट्ट्याइदिएको थिएँ।+

  • लुका १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तब पुजारीहरूको चलनअनुसार धूप चढाउने+ तिनको पालो पऱ्‍यो र तिनी यहोवा* परमेश्‍वरको मन्दिरभित्र पसे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने