१४ तब यहोवा परमेश्वरको क्रोध मोसामाथि दन्क्यो र उहाँले तिनलाई भन्नुभयो: “तिम्रो दाइ, लेवी हारुन+ छैनन् र? मलाई थाह छ, उनी राम्ररी बोल्न सक्छन् र तिमीलाई भेट्न उनी अहिले यतैतिर आउँदै छन्। अनि तिमीलाई भेटेर उनी खुसी हुनेछन्।+
२७ अनि यहोवा परमेश्वरले हारुनलाई भन्नुभयो: “मोसालाई भेट्न निर्जनभूमिमा जाऊ।”+ उनी त्यहाँ गए र साँचो परमेश्वरको डाँडामा मोसालाई भेटे+ अनि तिनलाई म्वाइँ खाएर अभिवादन गरे।*