प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ३:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि पुजारीले ती सबैलाई भोजनको रूपमा वेदीमा जलाऊन्‌। यो आगोमा जलाएर चढाइने भेटी हो, जसबाट परमेश्‍वरलाई मन पर्ने बास्ना निस्कन्छ। बोसोजति सबै यहोवा परमेश्‍वरकै हुन्‌।+

      १७ “‘तिमीहरू जहाँ बसे पनि यो नियम तिमीहरूका पुस्तौँपुस्तासम्म लागू हुनेछ: तिमीहरूले बोसो र रगत खाँदै नखानू।’”+

  • लेवी ४:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘तिनले पापभेटीको रूपमा चढाउन ल्याइएको बहरको सबै बोसो झिकून्‌: आन्द्रा-भुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको बोसो, ९ दुइटै मिर्गौला र त्यसमा भएको बोसो अर्थात्‌ कम्मरनेरको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्‌।+ १० मेलबलिको बहरको बोसो झिकेझैँ यसको पनि झिकून्‌।+ अनि पुजारीले त्यसलाई अग्निभेटी चढाउने वेदीमा जलाऊन्‌।*

  • १ समुएल २:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ ती मानिसले “पहिला उनीहरूलाई बोसो जलाउन दिनुहोस्‌।+ त्यसपछि तपाईँलाई जे-जति चाहिन्छ, लैजानुहोस्‌” भने पनि पुजारीको सेवकले यसो भन्थ्यो: “होइन, मलाई अहिल्यै देऊ नत्र म खोसेर लैजान्छु!” १७ यसरी ती सेवकहरूले यहोवा परमेश्‍वरको नजरमा घोर पाप गरे;+ ती पुरुषहरूले यहोवा परमेश्‍वरको निम्ति चढाइएको बलिदानको अनादर गरिरहेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने