-
प्रस्थान २९:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्त गर्दा चढाइएको थुमाबाट तिमीले यी भागहरू चोख्याउनू: डोलाउने भेटीको रूपमा चढाइएको ह्याकुला र पवित्र भागको रूपमा चढाइएको खुट्टा।+ २८ यी दुवै पवित्र पारिएको भाग भएकोले हारुन र तिनका छोराहरूलाई दिने गर्नू। यो नियम इस्राएलीहरूले सधैँ पालन गरून्।+ इस्राएलीहरूले मेलबलि चढाउँदा यी भागहरू हारुन र तिनका छोराहरूलाई दिनु भनेको यहोवा परमेश्वरलाई दिनुसरह हो।+
-