-
लेवी १५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ धातु बगेको पुरुषले कुनै शुद्ध व्यक्तिलाई थुक्यो भने त्यस व्यक्तिले आफ्नो लुगा धोओस् र नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहोस्।
-
-
लेवी २२:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हारुनका सन्तानमध्ये कोही कुष्ठरोग लागेकोले,+ धातु बगेकोले,+ लास छोएको व्यक्तिलाई छोएकोले+ वा वीर्य बगेकोले+ अशुद्ध भएका छन् भने तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्।+ ५ साथै झुन्डमा रहने अशुद्ध जीवलाई छोएर+ वा कुनै कारणले गर्दा अशुद्ध भएको व्यक्तिलाई छोएर अशुद्ध भएका छन् भने+ पनि तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्। ६ यदि कसैले यीमध्ये कुनै कुरालाई छुन्छन् भने तिनी साँझसम्म अशुद्ध रहून् र तिनले पवित्र कुराहरू केही पनि नखाऊन् बरु नुहाएर आफूलाई शुद्ध पारून्।+
-