४३ “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले आफ्नो छिमेकीलाई प्रेम गर्नू+ र आफ्नो शत्रुलाई घृणा गर्नू।’ ४४ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+
९ किनकि “तिमीहरूले व्यभिचार* नगर्नू,+ तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले लोभ नगर्नू”+ भन्ने नियमलगायत अरू सम्पूर्ण आज्ञाको सार यस आज्ञामा पाइन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+
८ तर यदि तिमीहरू धर्मशास्त्रमा लेखिएबमोजिम “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”+ भन्ने शाही* व्यवस्था पालन गर्छौ भने असलै गरिरहेका छौ।