प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ११:२१-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘पखेटा भएका र झुन्डमा रहने चारखुट्टे किराफट्‌याङ्‌ग्रामध्ये तिमीहरूले उफ्रनको लागि लामो खुट्टा भएका किराफट्‌याङ्‌ग्रा मात्र खानू। २२ तिमीहरूले यी जीवहरू खान सक्छौ: विभिन्‍न किसिमका सलह+ र फट्‌याङ्‌ग्रा। २३ यीबाहेक पखेटा भएका र झुन्डमा रहने अरू सबै चारखुट्टे किराफट्‌याङ्‌ग्रा तिमीहरूका निम्ति घृणित कुरा हुन्‌। २४ यी किराफट्‌याङ्‌ग्रा खायौ भने तिमीहरू अशुद्ध हुनेछौ। जसले मरेका यी किराफट्‌याङ्‌ग्रालाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+

  • लेवी १७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ कुनै स्वदेशी वा विदेशीले मरेको जनावरको मासु वा जङ्‌गली जनावरले मारेको जनावरको मासु खाएमा+ उसले आफ्नो लुगा धोओस्‌, नुहाओस्‌ र ऊ साँझसम्म अशुद्ध रहोस्‌;+ त्यसपछि ऊ शुद्ध हुनेछ।

  • व्यवस्था १४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमीहरूले सुँगुर पनि नखानू किनभने त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्राउँदैन। त्यो तिमीहरूका लागि अशुद्ध हो। तिमीहरूले त्यसको मासु नखानू वा त्यसको सिनु नछुनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने