प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० सर्वोच्च परमेश्‍वरको महिमा होस्‌,

      जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।”

      त्यसपछि अब्रामले राजा मल्किसेदेकलाई सबै कुराको दशांश* दिए।+

  • उत्पत्ति २८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तब मैले ठड्‌याएको यो ढुङ्‌गा तपाईँको घर हुनेछ+ र तपाईँले मलाई दिनुभएको सबै थोकको दस भागको एक भाग म सधैँ तपाईँलाई चढाउनेछु।”

  • गन्ती १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “भेट हुने पालमा सेवा गरेबापत मैले लेविका सन्तानलाई अंशस्वरूप इस्राएलमा सबै थोकको दशांश* दिएको छु।+

  • गन्ती १८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “लेवीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्नो अंशस्वरूप दशांश पाउनेछौ+ अनि तिमीहरूले त्यसको दशांश यहोवा परमेश्‍वरलाई भेटीस्वरूप चढाउनू।+

  • व्यवस्था १४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “तिमीहरूले हरेक वर्ष आफ्नो खेतमा हुने सबै उब्जनीबाट दशांश* दिन नबिर्सनू।+

  • २ इतिहास ३१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ राजाले यो आदेश दिनेबित्तिकै इस्राएलीहरूले आफ्नो उब्जनीको पहिलो फलबाट अन्‍न, नयाँ मद्य, तेल,+ मह र खेतका अरू सबै उब्जनी ल्याए।+ तिनीहरूले प्रशस्त मात्रामा सबै कुराको दशांश* पनि ल्याए।+

  • नहेम्याह १३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि यहुदाका सबै मानिसले भण्डार-कोठाहरूमा अन्‍नको दशांश,+ नयाँ मद्य र तेल ल्याए।+

  • मलाकि ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्‌।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+

  • लुका ११:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तर धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू पुदिना, सोमलता* र अरू सबै जडीबुटीका* दशांश चढाउँछौ+ तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई चाहिँ बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुपर्थ्यो तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई पनि लत्त्याउनु हुँदैनथ्यो।+

  • हिब्रू ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हो, मोसाको व्यवस्थाअनुसार, पुजारी पद पाएका लेविका छोराहरूले+ मानिसहरूबाट अर्थात्‌ आफ्नै भाइहरूबाट दशांश उठाउने आज्ञा पाएका छन्‌,+ जबकि तिनीहरूका भाइहरू पनि अब्राहामकै सन्तान हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने