प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २६:६३, ६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए। ६४ तर यी दर्ता भएकाहरूमा मोसा र पुजारी हारुनले सिनै निर्जनभूमिमा गणना गरेकाहरूमध्ये एक जना पनि थिएनन्‌।+

  • गन्ती ३२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ‘मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा+ मिश्रबाट आएका २० वर्ष र सोभन्दा माथिका कोही पनि जान पाउने छैनन्‌+ किनकि तिनीहरूले मलाई आफ्नो सारा हृदयले पछ्याएनन्‌।

  • व्यवस्था १:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+

  • भजन ९५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ:

      “तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌।”+

  • भजन १०६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसैले आफ्नो हात उठाएर उहाँले तिनीहरूबारे शपथ खानुभयो,

      तिनीहरूलाई निर्जनभूमिमै नाश गर्ने शपथ खानुभयो।+

  • हिब्रू ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरू उहाँको विश्राममा प्रवेश गर्न पाउनेछैनन्‌ भनेर उहाँले कोसित शपथ खानुभयो? के ती अनाज्ञाकारीहरूसितै होइन र?

  • हिब्रू ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि हामी जसले विश्‍वास गरेका छौँ, हामी विश्राममा प्रवेश गर्छौँ, जस्तो उहाँले भन्‍नुभएको छ: “त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ, ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌,’”+ जबकि संसारको प्रारम्भ हुँदा नै उहाँको काम सिद्धिसकेको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने