-
गन्ती २१:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तर सिहोनले इस्राएलीहरूलाई आफ्नो इलाकाबाट जान दिएनन्। बरु तिनले आफ्ना सेना जम्मा गरे अनि निर्जनभूमिमा इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। तिनीहरू याहजमा आए र इस्राएलीहरूसित युद्ध गर्न थाले।+ २४ तर इस्राएलीहरूले सिहोनलाई आफ्नो तरबारले हराए+ र अर्नोनदेखि+ याब्बोकसम्मको इलाका+ कब्जा गरे,+ जुन अम्मोनीहरूको देशको नजिकै थियो। तर तिनीहरू याजेरभन्दा+ अगाडि गएनन् किनकि याजेरबाट अम्मोनीहरूको इलाका+ सुरु हुन्थ्यो।
-
-
यहोसु १२:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ इस्राएलीहरूले यर्दनको पूर्वतिर अर्नोन बेँसीदेखि*+ हर्मोन डाँडासम्म+ र पूर्वतिरको पूरै अराबाह+ कब्जा गरे। इस्राएलीहरूले जितेको इलाकाका एक जना राजा २ एमोरीहरूका राजा सिहोन+ हुन्, जो हेस्बोनमा बस्थे। तिनी अरोएरबाट शासन गर्थे,+ जुन अर्नोन बेँसीको+ किनारामा पर्थ्यो। अर्नोन बेँसीको बीचदेखि अम्मोनीहरूको सिमाना याब्बोक बेँसीसम्म र गिलादको आधा इलाकासम्म तिनको राज्य फैलिएको थियो।
-