२२ त्यसपछि तिनीहरू नेगेबतिर उक्लेर हेब्रोन आइपुगे,+ जहाँ अहिमन, सेसै र तल्मैका+ सन्तान बस्थे। यिनीहरू अनाकीहरू थिए।+ अनि यो हेब्रोन सहर मिश्रको जोअनभन्दा सात वर्षअघि नै स्थापना भइसकेको थियो।
२१ त्यतिबेला यहोसुले सबै पहाडी इलाका, हेब्रोन, दबिर, अनाब, यहुदाको सम्पूर्ण पहाडी इलाका र इस्राएलको सम्पूर्ण पहाडी इलाकाबाट अनाकीहरूलाई+ नामेट पारे। यहोसुले तिनीहरूलाई र तिनीहरूका सबै सहरलाई नाश गरे।+