प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “युद्ध गर्न जाँदा तिमीहरूका शत्रुहरूसँग तिमीहरूको भन्दा धेरै घोडा, रथ र सेना देख्यौ भने तिनीहरूसित नडराओ। किनभने मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूको साथमा हुनुहुन्छ।+

  • २ समुएल ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ दाउदले हदद-एजेरका १७ सय घोडचढी र २० हजार पैदल सिपाहीलाई आफ्नो कब्जामा लिए। त्यसपछि तिनले रथ हाँक्ने १०० घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो* काटिदिए।+

  • भजन २०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ कोही रथमा भर पर्छन्‌ त कोही घोडामा+

      तर हामी भने हाम्रा परमेश्‍वर यहोवाको नाम पुकार्छौँ।+

  • हितोपदेश २१:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ युद्धको दिनको लागि घोडा तयार पारिन्छ+

      तर विजयी तुल्याउनुहुने* यहोवा नै हुनुहुन्छ।+

  • यसैया ३१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मिश्रमा झरेर गुहार माग्नेहरूलाई धिक्कार छ,+

      जो घोडाहरूमा भर पर्छन्‌,+

      जो युद्धका रथहरूमा भरोसा गर्छन्‌ किनकि ती अनगिन्ती छन्‌

      अनि युद्धका घोडाहरूको* मुख ताक्छन्‌ किनकि ती शक्‍तिशाली छन्‌।

      तर इस्राएलका पवित्र परमेश्‍वरको बाटो हेर्दैनन्‌

      र यहोवाको खोजी गर्दैनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने