प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ११:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा सुलेमानले फारोकी छोरीबाहेक+ अरू थुप्रै विदेशी स्त्रीलाई पनि प्रेम गरे।+ तिनले मोआबी,+ अम्मोनी,+ एदोमी, सिदोनी+ र हित्ती+ स्त्रीहरूसित मायाप्रीती गाँसे। २ यी स्त्रीहरू ती जातिका थिए, जसबारे यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरू तिनीहरूमाझ नजानू* र तिनीहरू पनि तिमीहरूमाझ नआऊन्‌। नत्र त तिनीहरूले तिमीहरूको हृदय बहकाइदिनेछन्‌ र तिमीहरूलाई तिनीहरूको देवीदेवता पुज्न लगाउनेछन्‌।”+ तैपनि सुलेमान उनीहरूको पछि लागे र उनीहरूलाई प्रेम गरे। ३ सुलेमानका ७०० जना पत्नी थिए, जो राजकुमारीहरू थिए। तिनका ३०० जना उपपत्नी पनि थिए। तिनका पत्नीहरूले बिस्तारै-बिस्तारै तिनको हृदय बहकाइदिए।*

  • नहेम्याह १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ के यही कारणले गर्दा इस्राएलका राजा सुलेमानले पनि पाप गरेका थिएनन्‌ र? तिनीजस्तो राजा अरू कुनै राष्ट्रमा थिएन+ अनि तिनका परमेश्‍वरले तिनलाई माया गर्नुहुन्थ्यो।+ त्यसैले परमेश्‍वरले तिनलाई पूरै इस्राएलको राजा बनाउनुभयो। तर तिनले समेत आफ्ना विदेशी पत्नीहरूको लहलहैमा लागेर पाप गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने