प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि तिमीहरूले आफ्ना छोराहरूको विवाह उनीहरूका छोरीहरूसित गरिदिनेछौ।+ उनीहरूका छोरीहरूले आफ्ना देवीदेवतालाई पुज्नेछन्‌ र तिमीहरूका छोराहरूलाई पनि ती देवीदेवतालाई पुज्न लगाउनेछन्‌।+

  • व्यवस्था ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरूसित बिहाबारी नगर्नू। तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू र तिनीहरूका छोरीहरू पनि तिमीहरूका छोराहरूको लागि नल्याउनू।+

  • यहोसु २३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तर तिमीहरूले परमेश्‍वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्‌, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्‍यौ+ र तिनीहरूसँग सरसङ्‌गत गऱ्‍यौ भने १३ यो कुरा नबिर्स, यहोवा परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्‌। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्‌।

  • २ कोरिन्थी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने