प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “तिमीहरूले आफ्नो पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा लगेर चढाउनू।+

      “तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+

  • गन्ती १८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वरले हारुनलाई अझ भन्‍नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+

  • गन्ती १८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिनीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सर्वोत्तम तेल, नयाँ दाखमद्य* र अन्‍न अर्थात्‌ तिनीहरूले आफ्नो उब्जनीबाट चढाउने सबै पहिलो फल+ म तिमीहरूलाई दिनेछु।+

  • २ इतिहास ३१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ साथै पुजारीहरू र लेवीहरूले पाउनुपर्ने भाग तिनीहरूलाई दिनू भनी हिजकियाहले यरुसलेमका बासिन्दाहरूलाई आज्ञा दिए।+ यसो गर्दा ती पुजारीहरू र लेवीहरू यहोवा परमेश्‍वरको व्यवस्था पालन गर्नमै पूर्ण रूपमा समर्पित हुन सक्ने थिए।*

  • नहेम्याह १२:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ त्यही दिन केही पुरुषलाई भण्डार-घरहरूको+ रेखदेख गर्न खटाइयो। ती भण्डार-घरहरूमा मानिसहरूले दिएको दान,+ उब्जनीको पहिलो फल+ र दशांश राखिन्थ्यो।+ ती पुरुषहरूले विभिन्‍न सहरको उब्जनीबाट पुजारीहरू तथा लेवीहरूको निम्ति व्यवस्थामा जति अंश तोकिएको थियो,+ त्यति अंश भण्डार-घरहरूमा ल्याएर राख्नुपर्थ्यो।+ यहुदाका मानिसहरूले यी सबै खुसीसाथ दिए किनकि पुजारीहरू र लेवीहरूले मन्दिरमा सेवा गरेका हुनाले तिनीहरू अत्यन्तै खुसी थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने