प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+

  • व्यवस्था १५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले उसलाई मन नलागी-नलागी होइन तर खुला मनले दिनू।+ त्यसरी दियौ भने मात्र यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको मेहनतमा आशिष्‌ दिनुहुनेछ र तिमीहरू जे काम गर्छौ, त्यसमा तिमीहरूलाई सफल तुल्याइदिनुहुनेछ।+

  • हितोपदेश ११:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ जसले मन खोलेर दिन्छ,* उसले अझ धेरै पाउँछ+

      तर जसले दिनुपर्ने कुरा पनि दिँदैन, ऊ कङ्‌गाल हुन्छ।+

  • हितोपदेश १९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+

      त्यसको इनाम उहाँले दिनुहुन्छ।+

  • लुका ६:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌।+ तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिनेगरि हालिदिनेछन्‌। किनकि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।”

  • २ कोरिन्थी ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर यस विषयमा जसले कन्जुस्याइँ गरेर छर्छ, उसले थोरै नै कटनी गर्नेछ अनि जसले उदारतासाथ छर्छ, उसले प्रशस्तै कटनी गर्नेछ।+

  • १ युहन्‍ना ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्‍वरको प्रेम उसमा कसरी रहन्छ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने