प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ ८ बरु खुला मनले उसलाई मदत गर्नू;+ उसलाई जे-जे कुराको खाँचो छ, ती सबै सापटी दिनू।

  • लुका ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनी उनीहरूलाई जवाफ दिन्थे: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस्‌ र आफूसित खानेकुरा हुनेले पनि त्यसै गरोस्‌।”+

  • रोमी १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ पवित्र जनहरू खाँचोमा पर्दा तिनीहरूसित बाँडचुँड गर।+ अतिथि-सत्कार गर्ने बानी बसाल।+

  • याकुब २:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+

  • १ युहन्‍ना ४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने ऊ झूटा हो।+ किनकि जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन,+ उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने