१९ हे यहोवा, सुन्नुहोस्! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्! हे मेरा परमेश्वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस् किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्।”+
१७ ताकि बाँकी रहेका मानिसहरूले सबै राष्ट्रका मानिसहरूसित मिलेर जोडतोडले यहोवा* परमेश्वरको खोजी गर्न सकून्, जसको विषयमा यी सबै काम गर्ने यहोवा* परमेश्वर भन्नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्।+