२ तैपनि यहोवा परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ र तिमीहरूले तिनीहरूलाई हराउनेछौ।+ तिमीहरूले तिनीहरूको नामोनिसान मेटिदिनू।+ तिनीहरूसित कुनै करार नबाँध्नू र तिनीहरूलाई फिटिक्कै दयामाया नदेखाउनू।+
१६ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हातमा सुम्पिदिनुभएका सबै जातिलाई तिमीहरूले नाश गर्नू;+ तिनीहरूलाई रतीभर दया नदेखाउनू।+ तिमीहरूले तिनीहरूका देवीदेवतालाई नपुज्नू+ किनभने त्यो तिमीहरूको लागि पासो हुन सक्छ।+