प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर नबिर्स, तिमीहरूलाई धनसम्पत्ति कमाउन सक्ने शक्‍ति दिनुहुने यहोवा तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ।+ उहाँले तिमीहरूका पितापुर्खासित कसम खाएर गरेको करार पूरा गर्न यसो गर्नुभएको हो र यो कुरा आज तिमीहरू आफैले देखेका छौ।+

  • व्यवस्था २८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले आफ्नो विशाल भण्डार अर्थात्‌ आकाश खोल्नुहुनेछ र मौसमअनुसार प्रशस्त वर्षा पठाउनुहुनेछ।+ तिमीहरूले गर्ने सबै काममा उहाँले आशिष्‌ दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+

  • २ इतिहास १:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि परमेश्‍वरले सुलेमानलाई यसो भन्‍नुभयो: “तिमीले न धनसम्पत्ति माग्यौ न मानसम्मान; तिमीले आफूलाई घृणा गर्नेहरूको ज्यान पनि मागेनौ न त दीर्घायु जीवन नै माग्यौ। बरु तिमीले मेरो प्रजाको न्याय गर्न बुद्धि र ज्ञान माग्यौ, जसमाथि शासन गर्न मैले तिमीलाई राजा बनाएको छु। तिम्रो मनैदेखिको चाहना यही भएकोले+ १२ म तिमीलाई बुद्धि र ज्ञान दिनेछु। तर त्यसबाहेक म तिमीलाई यति धेरै धनसम्पत्ति र मानसम्मान पनि दिनेछु, जुन न तिमीअघिका कुनै राजाले पाएका थिए न त तिमीपछिका कुनै राजाले नै पाउनेछन्‌।”+

  • अय्युब ४२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवाले अय्युबलाई पहिलेभन्दा धेरै आशिष्‌ दिनुभयो।+ अय्युबका १४ हजार भेडा, ६ हजार उँट, २ हजार गाईवस्तु* र १ हजार गधैनी भए।+

  • हितोपदेश १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ;+

      उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने