प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • सुलेमान बुद्धि माग्छन्‌ (१-१२)

      • सुलेमानको धनसम्पत्ति (१३-१७)

२ इतिहास १:१

मार्जिनल रेफरेन्स

  • +१इ २९:२५; उप २:९; मत्ति ६:२८, २९; १२:४२

२ इतिहास १:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ३:४; १इ २१:२९

२ इतिहास १:४

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ १३:५
  • +१इ १६:१

२ इतिहास १:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “परमेश्‍वरसित सोधपुछ गर्थे।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:२-५
  • +प्रस्थ ३८:१, २

२ इतिहास १:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ३:४

२ इतिहास १:७

मार्जिनल रेफरेन्स

  • +१रा ३:५-९

२ इतिहास १:८

फुटनोट

  • *

    वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ७:८
  • +१इ २८:५; भज ८९:२८, २९

२ इतिहास १:९

मार्जिनल रेफरेन्स

  • +२स ७:१२; १इ २८:६; भज १३२:११
  • +उत्प १३:१४, १६

२ इतिहास १:१०

मार्जिनल रेफरेन्स

  • +हित २:६; या १:५
  • +भज ७२:१, २

२ इतिहास १:११

मार्जिनल रेफरेन्स

  • +१रा ३:१०-१३, २८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. १९

२ इतिहास १:१२

मार्जिनल रेफरेन्स

  • +१इ २९:२५; २इ ९:२२; उप २:९

२ इतिहास १:१३

मार्जिनल रेफरेन्स

  • +१रा ३:४

२ इतिहास १:१४

फुटनोट

  • *

    वा “घोडचढीहरू।”

  • *

    वा “घोडचढी।”

मार्जिनल रेफरेन्स

  • +व्य १७:१६; १रा ४:२६
  • +२इ ८:५, ६
  • +२इ ९:२५

२ इतिहास १:१५

मार्जिनल रेफरेन्स

  • +१रा १०:२१
  • +१रा १०:२७; २इ ९:२७

२ इतिहास १:१६

फुटनोट

  • *

    वा “इजिप्टबाट।”

  • *

    वा सम्भवतः “घोडाहरू मिश्र र कोएबाट मगाइन्थ्यो; राजाका व्यापारीहरूले घोडाहरू कोएबाट किनेर ल्याउँथे।” कोए भन्‍ने ठाउँले सिलिसियालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२इ ९:२८
  • +१रा १०:२८, २९

अरू

२ इति. १:११इ २९:२५; उप २:९; मत्ति ६:२८, २९; १२:४२
२ इति. १:३१रा ३:४; १इ २१:२९
२ इति. १:४१इ १३:५
२ इति. १:४१इ १६:१
२ इति. १:५प्रस्थ ३१:२-५
२ इति. १:५प्रस्थ ३८:१, २
२ इति. १:६१रा ३:४
२ इति. १:७१रा ३:५-९
२ इति. १:८२स ७:८
२ इति. १:८१इ २८:५; भज ८९:२८, २९
२ इति. १:९२स ७:१२; १इ २८:६; भज १३२:११
२ इति. १:९उत्प १३:१४, १६
२ इति. १:१०हित २:६; या १:५
२ इति. १:१०भज ७२:१, २
२ इति. १:१११रा ३:१०-१३, २८
२ इति. १:१२१इ २९:२५; २इ ९:२२; उप २:९
२ इति. १:१३१रा ३:४
२ इति. १:१४व्य १७:१६; १रा ४:२६
२ इति. १:१४२इ ८:५, ६
२ इति. १:१४२इ ९:२५
२ इति. १:१५१रा १०:२१
२ इति. १:१५१रा १०:२७; २इ ९:२७
२ इति. १:१६२इ ९:२८
२ इति. १:१६१रा १०:२८, २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १:१-१७

दोस्रो इतिहास

१ दाउदका छोरा सुलेमानको शासन झन्‌झन्‌ स्थिर हुँदै गयो। यहोवा तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्थ्यो र उहाँले तिनलाई एकदमै महान्‌ तुल्याउनुभयो।+

२ सुलेमानले सारा इस्राएललाई अर्थात्‌ हजार-हजार र सय-सयका नाइकेहरूलाई, न्यायकर्ताहरूलाई अनि इस्राएलका सबै कुलनायक, जो आ-आफ्ना बुबापट्टिको घरानाका नाइकेहरू थिए, तिनीहरूलाई बोलाउन सन्देशवाहकहरू पठाए। ३ त्यसपछि सुलेमान र सारा समुदाय गिबोनमा भएको अग्लो थानमा* गए।+ किनकि साँचो परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो, जुन पाल यहोवा परमेश्‍वरका सेवक मोसाले निर्जनभूमिमा बनाएका थिए। ४ तर दाउदले साँचो परमेश्‍वरको सन्दुक* किर्यथ-येरिमबाट+ आफूले त्यसको निम्ति तयार पारेको ठाउँमा ल्याएका थिए। तिनले त्यसको निम्ति यरुसलेममा एउटा पाल टाँगेका थिए।+ ५ हुरका नाति उरिका छोरा बजलेलले+ बनाएको तामाको वेदी+ यहोवा परमेश्‍वरको वासस्थानअगाडि* राखिएको थियो। सुलेमान र सारा समुदायले त्यस वेदीसामु प्रार्थना गर्थे।* ६ तब सुलेमानले त्यहाँ यहोवा परमेश्‍वरसामु भेटी चढाए। तिनले भेट हुने पालसँगै भएको तामाको वेदीमा+ १ हजार पशु अग्निभेटीस्वरूप* चढाए।

७ त्यो रात परमेश्‍वर सुलेमानकहाँ सपनामा प्रकट हुनुभयो र तिनलाई यसो भन्‍नुभयो: “तिमी के चाहन्छौ, भन।”+ ८ सुलेमानले परमेश्‍वरलाई यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ+ अनि उहाँको ठाउँमा मलाई राजा बनाउनुभएको छ।+ ९ अब हे यहोवा, तपाईँले मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्‌।+ तपाईँले मलाई पृथ्वीको धुलोजत्तिकै अनगिन्ती मानिसहरूमाथि राजा बनाउनुभएको छ।+ १० यी मानिसहरूलाई डोऱ्‍याउन मलाई बुद्धि र ज्ञान दिनुहोस्‌।+ किनकि तपाईँको यति ठूलो प्रजाको कसले पो न्याय गर्न सक्छ र?”+

११ त्यसपछि परमेश्‍वरले सुलेमानलाई यसो भन्‍नुभयो: “तिमीले न धनसम्पत्ति माग्यौ न मानसम्मान; तिमीले आफूलाई घृणा गर्नेहरूको ज्यान पनि मागेनौ न त दीर्घायु जीवन नै माग्यौ। बरु तिमीले मेरो प्रजाको न्याय गर्न बुद्धि र ज्ञान माग्यौ, जसमाथि शासन गर्न मैले तिमीलाई राजा बनाएको छु। तिम्रो मनैदेखिको चाहना यही भएकोले+ १२ म तिमीलाई बुद्धि र ज्ञान दिनेछु। तर त्यसबाहेक म तिमीलाई यति धेरै धनसम्पत्ति र मानसम्मान पनि दिनेछु, जुन न तिमीअघिका कुनै राजाले पाएका थिए न त तिमीपछिका कुनै राजाले नै पाउनेछन्‌।”+

१३ त्यसपछि सुलेमान गिबोनमा+ भएको अग्लो थान अर्थात्‌ भेट हुने पालबाट यरुसलेम आए। अनि तिनले इस्राएलमा शासन गरे। १४ सुलेमानले प्रशस्तै रथ र घोडा* जम्मा गरे। तिनीसित १ हजार ४ सय रथ र १२ हजार घोडा* थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा+ अनि आफूसितै यरुसलेममा राखे।+ १५ राजा सुलेमानले यरुसलेममा यत्ति धेरै सुनचाँदी जम्मा गरे कि ती ढुङ्‌गासरह प्रशस्त भए।+ अनि देवदारको काठचाहिँ सेफेलाहका खनिउँका रूखहरूसरह प्रशस्त भयो।+ १६ सुलेमानका घोडाहरू मिश्रबाट* ल्याइएका थिए।+ राजाका व्यापारीहरूले तोकिएको दाममा बथानका बथान घोडा किनेर ल्याउँथे।*+ १७ मिश्रबाट ल्याइएको एउटा रथको दाम चाँदीका ६०० टुक्रा पर्थ्यो अनि घोडाको चाहिँ चाँदीका १५० टुक्रा पर्थ्यो। त्यसपछि ती व्यापारीहरूले हित्तीहरूका सबै राजा र सिरियाका राजाहरूलाई ती रथहरू र घोडाहरू बेच्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने