-
१ समुएल २:१२-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ एलिका छोराहरू दुष्ट थिए;+ तिनीहरू यहोवा परमेश्वरको डर मान्दैनथे। १३ मानिसहरूले चढाउने बलिबाट पुजारीहरूले पाउने भागको सन्दर्भमा तिनीहरू यसो गर्थे:+ जब कुनै मानिसले बलि चढाउँथ्यो, तब उसिन्दै गरेको मासु लिन पुजारीको एक जना सेवक एउटा ठूलो सुइरो* लिएर आउँथ्यो। १४ अनि उसले खड्कुँलाहरूमा उसिन्दै गरेको मासुलाई सुइरोले घोच्थ्यो। सुइरोमा जति मासु आउँथ्यो, त्यो पुजारीले लिन्थ्यो। सिलोमा आउने सबै इस्राएलीसित तिनीहरूले यस्तै व्यवहार गर्थे। १५ त्यति मात्र होइन, बलि चढाउने मानिसले माथिसम्म धुवाँ उठ्नेगरि जनावरको बोसो जलाउनुअघि+ नै पुजारीको सेवक आउँथ्यो र यसो भन्थ्यो: “पोलेर खान पुजारीको लागि मासु देऊ। उनले उसिनेको मासु लिँदैनन्। त्यसैले काँचै मासु देऊ।” १६ ती मानिसले “पहिला उनीहरूलाई बोसो जलाउन दिनुहोस्।+ त्यसपछि तपाईँलाई जे-जति चाहिन्छ, लैजानुहोस्” भने पनि पुजारीको सेवकले यसो भन्थ्यो: “होइन, मलाई अहिल्यै देऊ नत्र म खोसेर लैजान्छु!” १७ यसरी ती सेवकहरूले यहोवा परमेश्वरको नजरमा घोर पाप गरे;+ ती पुरुषहरूले यहोवा परमेश्वरको निम्ति चढाइएको बलिदानको अनादर गरिरहेका थिए।
-