-
लेवी ११:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ यीबाहेक पखेटा भएका र झुन्डमा रहने अरू सबै चारखुट्टे किराफट्याङ्ग्रा तिमीहरूका निम्ति घृणित कुरा हुन्। २४ यी किराफट्याङ्ग्रा खायौ भने तिमीहरू अशुद्ध हुनेछौ। जसले मरेका यी किराफट्याङ्ग्रालाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+
-
-
लेवी १५:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “‘धातु बगेको मानिस सुतेको ओछ्यान र ऊ बसेको सबै सामान अशुद्ध होस्। ५ जसले उसको ओछ्यान छुन्छ, उसले आफ्नो लुगा धोओस् र नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहोस्।+
-
-
गन्ती १९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यदि खुला मैदानमा छँदा कसैले तरबारले मारिएको मानिस, कुनै लास, मरेको मानिसको हड्डी वा चिहानलाई छोएमा ऊ सात दिनसम्म अशुद्ध हुनेछ।+
-