-
१ इतिहास १७:७-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ। अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ ८ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु र तिमी यस संसारका महान् मानिसहरूमा गनिनेछौ।+ ९ म मेरो प्रजा इस्राएलीहरूको लागि एउटा ठाउँ रोज्नेछु र त्यहाँ तिनीहरूलाई राख्नेछु। तिनीहरू त्यहाँ बसोबास गर्नेछन् र तिनीहरूलाई फेरि कसैले दुःख दिनेछैन। दुष्ट मानिसहरूले तिनीहरूमाथि अत्याचार गर्नेछैनन्, जसरी विगतमा+ १० मैले मेरो प्रजा इस्राएलीहरूमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि दुष्टहरूले तिनीहरूलाई सताउँदै आएका थिए।+ म तिम्रा सबै शत्रुलाई तिम्रो अधीनमा ल्याउनेछु।+ साथै म यो पनि भन्छु, ‘यहोवाले तिम्रो निम्ति एउटा राजघराना खडा गर्नुहुनेछ।’
-