-
१ इतिहास १७:१६-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब राजा दाउद यहोवा परमेश्वरसामु बसे र यसो भने: “हे यहोवा! म को हुँ र? अनि मेरो घराना के हो र? तैपनि तपाईँले मेरो लागि यी सबै गर्नुभयो।+ १७ हे परमेश्वर! मेरो लागि यत्ति धेरै गरिसकेपछि पनि तपाईँले यस दासको घराना लामो समयसम्म रहिरहनेछ भनेर बताउनुभयो।+ अनि हे यहोवा, तपाईँले मलाई अझ उच्च पारिन लायकको* ठान्नुभयो। १८ तपाईँले दिनुभएको यस्तो सम्मानबारे तपाईँको यो सेवक दाउदले अरू के नै भन्न सक्छ र? किनकि तपाईँ आफ्नो सेवकलाई राम्ररी चिन्नुहुन्छ।+ १९ हे यहोवा, तपाईँले आफ्नो सेवकको खातिर आफ्नो इच्छाअनुसार यी सबै महान् काम गर्नुभयो र यसरी आफ्नो महानता प्रकट गर्नुभयो।+ २० हे यहोवा, तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। २१ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे साँचो परमेश्वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको सामुन्नेबाट अरू जातिहरूलाई धपाउनुभयो+ अनि महान् र आश्चर्यजनक कामहरू गर्नुभयो। यसरी तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ २२ तपाईँले इस्राएलीहरूलाई सदाको लागि आफ्नै प्रजा बनाउनुभयो+ अनि हे यहोवा, तपाईँ तिनीहरूका परमेश्वर हुनुभयो।+
-