-
१ इतिहास १७:२३-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अब हे यहोवा, तपाईँले आफ्नो दास र उसको घरानाबारे गर्नुभएको प्रतिज्ञा सधैँ पूरा होस्; आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्।+ २४ तपाईँको नाम सदासर्वदा कायम रहोस्* अनि महिमित होस्+ र मानिसहरूले यसो भनून्, ‘इस्राएलका परमेश्वर, सेनाहरूका यहोवा नै इस्राएलीहरूका परमेश्वर हुनुहुन्छ।’ अनि तपाईँको दास दाउदको घराना तपाईँसामु स्थिर रहोस्।+ २५ किनकि हे मेरा परमेश्वर, तपाईँले आफ्नो दासको लागि राजघराना खडा गर्ने आफ्नो उद्देश्य प्रकट गर्नुभएको छ। त्यसैले यस दासले ढुक्क भएर तपाईँलाई यो प्रार्थना चढाउन सकेको छ। २६ हे यहोवा, तपाईँ साँचो परमेश्वर हुनुहुन्छ र तपाईँले आफ्नो दासको निम्ति यस्ता असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। २७ त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्न हुँदै आशिष् दिनुहोस् र यो घराना सदासर्वदा तपाईँसामु रहोस्। किनकि हे यहोवा, तपाईँले नै यस घरानालाई आशिष् दिनुभएको छ र यो घरानामा सधैँभरि आशिष् रहनेछ।”
-