प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:२५-२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “अब हे यहोवा, आफ्नो दास र उसको घरानाबारे गर्नुभएको प्रतिज्ञा सधैँ पूरा गर्नुहोस्‌; आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्‌।+ २६ तपाईँको नाम सदासर्वदा महिमित होस्‌+ र मानिसहरूले यसो भनून्‌ ‘सेनाहरूका यहोवा इस्राएलीहरूका परमेश्‍वर हुनुहुन्छ।’ अनि तपाईँको दास दाउदको घराना तपाईँसामु स्थिर रहोस्‌।+ २७ किनकि हे सेनाहरूका यहोवा, हे इस्राएलका परमेश्‍वर, तपाईँले आफ्नो दासलाई यो कुरा प्रकट गर्नुभएको छ: ‘म तिम्रो निम्ति एउटा राजघराना खडा गर्नेछु।’+ त्यसैले यस दासले तपाईँलाई यो प्रार्थना चढाउने आँट गरेको छ। २८ अब हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँले भन्‍नुभएको सबै कुरा सत्य हो।+ अनि तपाईँले आफ्नो दासको निम्ति यस्ता असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। २९ त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्‍न हुँदै आशिष्‌ दिनुहोस्‌ र यो घराना सदासर्वदा तपाईँसामु रहोस्‌।+ किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँले नै यो प्रतिज्ञा गर्नुभएको छ। यस दासको घरानाले सधैँभरि तपाईँको आशिष्‌ पाओस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने