-
भजन १८:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तब यहोवा आकाशमा गर्जन थाल्नुभयो;+
असिना र बलिरहेको भुङ्ग्रो बर्साएर
सर्वोच्च परमेश्वरले आफ्नो स्वर सुनाउनुभयो।+
१४ उहाँले काँडहरू बर्साउनुभयो र शत्रुहरूलाई तितरबितर पार्नुभयो;+
बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+
१५ हे यहोवा, तपाईँको हप्काइले गर्दा,
तपाईँको नाकबाट निस्केको सासको वेगले गर्दा+
खोलाको पिँध देखियो+ र धर्तीका जगहरू उदाङ्ग भए।
१६ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयो
अनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+
-