-
भजन १८:३१-४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;
उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+
३४ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;
मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।
३५ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;+
तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ*
र तपाईँको नम्रताले मेरो मान बढाएको छ।+
३६ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ;
मेरा खुट्टा चिप्लँदैनन्।+
३७ म मेरा शत्रुहरूलाई खेद्छु र तिनीहरूलाई जित्नेछु;
तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।
३८ म तिनीहरूलाई धुलोपिठो पार्नेछु र तिनीहरू फेरि उठ्न सक्नेछैनन्;+
म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।
३९ तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;
मेरा शत्रुहरूलाई मेरो सामुन्ने ढालिदिनुहुन्छ।+
४१ तिनीहरू गुहार माग्छन् तर तिनीहरूलाई बचाउने कोही छैन;
तिनीहरू यहोवालाई समेत पुकार्छन् तर उहाँ तिनीहरूको पुकारा सुन्नुहुन्न।
४२ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर बतासले उडाउने धुलोजस्तै बनाइदिनेछु;
म तिनीहरूलाई बाटोको हिलोलाई जस्तै मिल्काइदिनेछु।
-