प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ शत्रुहरूको चट्टान हाम्रो चट्टानजस्तो बलियो छैन,+

      यो कुरा हाम्रा शत्रुहरूलाई पनि थाह छ।+

  • १ समुएल २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाजस्तो पवित्र कोही छैन,

      तपाईँजस्तो अरू कोही छैन+

      अनि हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू कोही छैन।+

  • २ समुएल २२:३२-४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यहोवाबाहेक अरू को परमेश्‍वर छ?+

      हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू को छ?+

      ३३ साँचो परमेश्‍वर मेरो बलियो गढ हुनुहुन्छ।+

      उहाँले मेरो बाटो सीधा बनाइदिनुहुन्छ।+

      ३४ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;

      उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+

      ३५ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;

      मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।

      ३६ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;

      तपाईँको नम्रताले मेरो मान बढाएको छ।+

      ३७ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ,

      मेरा खुट्टा चिप्लँदैनन्‌।+

      ३८ म मेरा शत्रुहरूलाई खेद्‌नेछु र तिनीहरूलाई नाश गर्नेछु;

      तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।

      ३९ म तिनीहरूको नामोनिसान मेटाउनेछु र तिनीहरूलाई धुलोपिठो पार्नेछु;

      तिनीहरू फेरि उठ्‌न सक्नेछैनन्‌;+

      म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।

      ४० तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;+

      मेरा शत्रुहरूलाई मेरो सामुन्‍ने ढालिदिनुहुन्छ।+

      ४१ तपाईँ मेरा शत्रुहरूलाई मदेखि भाग्न लगाउनुहुन्छ;+

      मलाई घृणा गर्नेहरूको म नामोनिसान मेटिदिनेछु।+

      ४२ तिनीहरू गुहार माग्छन्‌ तर तिनीहरूलाई बचाउने कोही छैन;

      तिनीहरू यहोवालाई समेत पुकार्छन्‌ तर उहाँ तिनीहरूको पुकारा सुन्‍नुहुन्‍न।+

      ४३ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर जमिनको धुलोजस्तै बनाइदिनेछु;

      म तिनीहरूलाई धुलोपिठो पार्नेछु र बाटोको हिलोलाई जस्तै कुल्चनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने