-
दानिएल ५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ बरु हजुरले स्वर्गका परमेश्वरको विरुद्धमा गएर आफैलाई माथि उचाल्नुभयो+ र उहाँको भवनका भाँडाकुँडाहरू ल्याउन लगाउनुभयो।+ अनि हजुर, हजुरका भारदार, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिउनुभयो अनि सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्गाका देवताहरूको जयजयकार गर्नुभयो, जसले देख्दा पनि देख्दैनन्, सुन्दा पनि सुन्दैनन् र केही पनि जान्दैनन्।+ तर जुन परमेश्वरको हातमा हजुरको सास र हजुरको सम्पूर्ण जीवन छ,+ हजुरले उहाँको महिमा गर्नुभएन।
-
-
हबकुक २:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मूर्ति बनाउनेलाई त्यो मूर्तिबाट के फाइदा हुन्छ र,
जुन ऊ आफैले बनाएको हो?
धातुको मूर्तिबाट र झूटको शिक्षकबाट के लाभ हुन्छ र?
तैपनि त्यसलाई बनाउनेले त्यसमाथि भरोसा गर्छ
अनि बोल्न नसक्ने व्यर्थका देवताहरू बनाउँछ।+
१९ धिक्कार छ त्यसलाई, जसले काठको टुक्रालाई “जाग्नुहोस्!” भन्छ
अनि बोल्न नसक्ने ढुङ्गालाई “उठ्नुहोस्! हामीलाई सिकाउनुहोस्!” भन्छ।
हेर! त्यसलाई सुन र चाँदीले मोहोरिएको छ+
अनि त्यसमा सास छँदै छैन।+
-