प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:२३-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिनीहरू मारामा* पुगे।+ तर त्यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन्‌। त्यसैले मोसाले त्यस ठाउँको नाम मारा राखे। २४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?” २५ त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई पुकारे।+ अनि उहाँले तिनलाई एउटा बोट देखाउनुभयो। तिनले त्यसलाई पानीमा फाले र पानी मीठो भयो।

      यहोवा परमेश्‍वरले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो र एउटा नियम तयार पारेर त्यहीँ तिनीहरूको परीक्षा लिनुभयो।+

  • २ राजा ४:३८-४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ एलिसा गिलगाल फर्कँदा त्यहाँ अनिकाल परेको थियो।+ एकदिन ‘भविष्यवक्‍ताहरूका छोराहरू’+ तिनको अगाडि बसिरहेको बेला तिनले आफ्नो चाकरलाई+ भने: “एउटा ठूलो खड्‌कुँलोमा ‘भविष्यवक्‍ताहरूका छोराहरू’-को लागि सुरुवा बनाऊ।” ३९ त्यसैले तिनीहरूमध्ये एक जना बारीमा तरकारी खोज्न गयो। त्यहाँ उसले एउटा जङ्‌गली लहरा देख्यो र त्यसको फल पोल्टोभरि टिपेर ल्यायो। त्यो कस्तो फल हो भनेर उसलाई थाह थिएन। उसले त्यो ल्यायो र काटेर खड्‌कुँलोमा हाल्यो। ४० पछि ती मानिसहरूलाई त्यो सुरुवा खान दिइयो। तर त्यो सुरुवा मुखमा हाल्नेबित्तिकै तिनीहरू यसो भन्दै कराउन थाले: “यो त विष हो! हे साँचो परमेश्‍वरका सेवक! यो त विष पो रहेछ!” तिनीहरूले त्यो सुरुवा खानै सकेनन्‌। ४१ त्यसैले एलिसाले भने: “अलिकति पीठो ल्याऊ।” त्यसपछि तिनले त्यो पीठो खड्‌कुँलोमा हाले र यसो भने: “अब यो लगेर भविष्यवक्‍ताहरूलाई देओ।” यस पल्ट भने त्यो खड्‌कुँलोमा केही विषालु कुरा पाइएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने