६ अनि पुजारीहरूले यहोवा परमेश्वरको करारको सन्दुक त्यसको लागि तोकिएको ठाउँमा ल्याए।+ तिनीहरूले त्यो सन्दुक भवनको भित्री कोठा अर्थात् महापवित्र कोठामा करूबहरूको पखेटामुनि राखे।+
२४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्वरसामु* हाजिर हुनुहुन्छ।+