-
अय्युब १:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ एकदिन साँचो परमेश्वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+
७ यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+ ८ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।”
-