१९ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्। मैले यहोवा परमेश्वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+
१३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए।