प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १८:१८-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ, अब सुन्‍नुहोस्‌। मैले यहोवा परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना+ उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+ १९ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: ‘इस्राएलका राजा आहाबलाई कसले झुक्क्याउनेछ, ताकि ऊ रामोथ-गिलाद जाओस्‌ र त्यहीँ मारियोस्‌?’ तब एक जना स्वर्गदूतले एउटा जवाफ, अर्को स्वर्गदूतले अर्कै जवाफ दिइरहेका थिए। २० त्यसपछि एक जना स्वर्गदूत+ अगाडि आए र यहोवा परमेश्‍वरसामु उभिएर भने, ‘म उसलाई झुक्क्याउँछु।’ यहोवा परमेश्‍वरले सोध्नुभयो: ‘तिमी कसरी झुक्क्याउँछौ?’ २१ तिनले जवाफ दिए: ‘म गएर उसका सबै भविष्यवक्‍तालाई झूट बोल्न लगाउनेछु।’ तब परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तिमीले उसलाई झुक्क्याउनेछौ। गएर त्यसै गर। तिमी अवश्‍य सफल हुनेछौ।’ २२ त्यसैले यहोवा परमेश्‍वरले नै यी भविष्यवक्‍ताहरूलाई झूट बोल्न लगाउनुभएको हो।+ तपाईँमाथि विपत्ति आइपर्नेछ भनेर यहोवा परमेश्‍वरले घोषणा गर्नुभएको छ।”

  • अय्युब १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ एकदिन साँचो परमेश्‍वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

  • दानिएल ७:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+ १० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।

  • मत्ति १८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर किनकि म तिमीहरूलाई भन्छु, तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरूले स्वर्गमा बस्नुहुने मेरा बुबाको मुहार सधैँ हेरिरहेका हुन्छन्‌।+

  • प्रकाश ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि सिंहासन, जीवहरू र एल्डरहरूको वरिपरि मैले धेरै स्वर्गदूत देखेँ र तिनीहरूको स्वर सुनेँ। ती स्वर्गदूतहरूको सङ्‌ख्या लाखौँलाख, करोडौँकरोड थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने