- 
	                        
            
            दानिएल ७:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए। १४ अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्+ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव+ र राज्य दिइयो।+ तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।+
 
 -