- 
	                        
            
            भजन ११९:१३९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३९ मेरो जोसले मलाई खाएको छ+
किनकि मेरा वैरीहरूले तपाईँका वचन बिर्सेका छन्।
 
 - 
                                        
 
- 
	                        
            
            मत्ति २१:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ तब येसु मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १३ त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।”+
 
 - 
                                        
 
- 
	                        
            
            मर्कुस ११:१५-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१५ अनि उहाँहरू यरुसलेम पुग्नुभयो। उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो। उहाँले पैसा साट्नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १६ उहाँले कसैलाई पनि भाँडाकुँडा बोकेर मन्दिरबाट हिँड्न दिनुभएन। १७ उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: “‘मेरो घर सबै जातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी के धर्मशास्त्रमा लेखिएको छैन?+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+
 
 - 
                                        
 
- 
	                        
            
            युहन्ना २:१३-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ अब यहुदीहरूको निस्तार चाड*+ नजिकै थियो र येसु यरुसलेम उक्लनुभयो। १४ उहाँले मन्दिरमा गाईवस्तु, भेडा र ढुकुर+ बेच्नेहरूलाई भेट्टाउनुभयो अनि पैसा साट्ने व्यापारीहरूलाई पनि आ-आफ्नो कुर्सीमा बसिरहेका भेट्टाउनुभयो। १५ तब डोरीको कोर्रा बनाएर उहाँले तिनीहरू सबैलाई तिनीहरूका भेडा र गाईवस्तुको साथमा मन्दिरबाट लघार्नुभयो अनि पैसा साट्नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो।+ १६ अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो* बनाउन छोड!”+ १७ तब पहिल्यै लेखिएको यो कुरा चेलाहरूले सम्झे: “तपाईँको घरको लागि मेरो जोसले मलाई खानेछ।”+
 
 -