१४ तब यहोवा परमेश्वरको क्रोध मोसामाथि दन्क्यो र उहाँले तिनलाई भन्नुभयो: “तिम्रो दाइ, लेवी हारुन+ छैनन् र? मलाई थाह छ, उनी राम्ररी बोल्न सक्छन् र तिमीलाई भेट्न उनी अहिले यतैतिर आउँदै छन्। अनि तिमीलाई भेटेर उनी खुसी हुनेछन्।+
७अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर, मैले तिमीलाई फारोको अगाडि परमेश्वरजस्तै बनाएको छु र तिम्रो आफ्नै दाइ हारुनले भविष्यवक्ताको रूपमा तिम्रो तर्फबाट बोल्नेछन्।+